स्वास्थ्य मन्त्रालयको आग्रहलाई धज्जी उडाउँदै बल्थलीमा सत्तारुढ नेकपाको कार्यकर्ता भेला



काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा सम्मेलन, गोष्ठी भोजभतेर नगर्न दैनिक आग्रह गर्दै आएको छ । यस्ता कार्यक्रमले संक्रमण समुदायमा फैलिन्छ भनेर मन्त्रालयले नागरिकलाई आग्रह गरेको हो ।

त्यस्तै अहिले जिल्ला जिल्लामा संक्रमित बढेपछि स्थानीय तहले निषेधाज्ञा लगाउनुका साथै बजार, गाउँ टोल सिल समेत गर्दै आएका छन् । त्यसो गर्ने अधिकार केन्द्रले स्थानीय तहलाई नै दिएकाले संक्रमण बढ्न नदिन यस्तो गरिएको हो । यदि सभा सम्मेलन, गोष्ठी गरे संक्रामक रोग ऐन अन्तर्गत कारबाही गर्ने भनेर गृह मन्त्रालयले सूचना जारी गरेको छ । मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन उल्लंघन गर्नेलाई कारबाहीको अधिकार दिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । नगरभित्र जनप्रतिनिधिलगायतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि मण्डनदेउपुर तथा भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्र प्रवेश प्रमुख नाका–सीमामा आवतजावत रोक लगाएका छन् ।

अत्यावश्यकबाहेक सार्वजनिक, निजी सवारी साधन तथा मानिससमेत आवतजावत नगर्न सीमामा रोक लगाइएको छ । जिल्लाका स्थानीय तहले यसो गरिरहँदा सत्तारुढ नेकपाले भने शनिबार काभ्रेको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेला गरेको छ । भेलामा ७० करोड घुस मागेको आरोपमा लागेका पूर्वमन्त्री गोकुल बास्कोटा प्रमुख वक्ता थिए । उनी भन्दै थिए विज्ञप्तिका भरमा पार्टी चल्दैन ।

कार्यक्रममा बाँस्कोटाले आफ्नै पार्टीभित्र निषेधको राजनीति नगरी खुल्लमखुला राजनीति गर्न चेतावनीसमेत दिए । कार्यक्रममा उनले नेपाली काँग्रेस पनौती नगर समितिमा आबद्ध क्रियाशील पार्टी सदस्य परित्याग गरी नेकपामा प्रवेश गर्ने १०४ जनालाई पार्टीको सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेश गराउनु त नेकपाका लागि राम्रै होला । तर यस्तो बेलामा यस्तो भेला गर्दा कतै कोरोना पनि सँगै प्रवेश गर्यो भने त्यसको जिम्मा कसले लिन्छ ? के मन्त्री भइसकेको व्यक्तिले यस्ता कार्यक्रम आफैं आयोजना गर्नु कति स्वभाविक हो ?

शुक्रबार मात्र जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना जारी गरी जिल्लाका कुनै पनि क्षेत्रमा कुनै पनि बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल तथा भेलाजस्ता कार्यक्रम नगर्न भनेको थियो । बिहीबार बिरामी र स्वास्थ्यकर्मीलाई कोरोना भएपछि धुलिखेल अस्पताल क्षेत्र सिल गरिएको छ भने अस्पतालमा कार्यरत १२० स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ । यस्तो अवस्थामा सत्तारुढ नेकपाले यस्तो गाईजात्रा किन गरेको ? के नेताले राज्यका नीति नियम पालना गर्नु पर्दैन ?
फोटोमा हेर्नुस् नेकपाको भेला
फोटोः राजु थापाको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहलगाममा भएको आतंकवादी आक्रमण ‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीतको अपराध कर्मः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो

सहकारी ठगीमा कांग्रेस सांसद माया राई पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार

नेपाल–चीनबीचको बौद्ध संस्कृति र कला थप सुदृढ बनाउँदै लैजानुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई

नेताहरू अलोकप्रिय र पूर्वराजा लोकप्रिय किन ?

-डा. गोविन्दशरण उपाध्याय । राजा ज्ञानेन्द्र नेपालका पूर्व राष्ट्रप्रमुख हुन् । लोकतन्त्रपछि उनी