यस्तो छ तीन दिनको मौसम



काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिम नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै वाग्मती, गण्डकी, प्रदेश नं ५ सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ र अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव ७ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार