चन्द्रागिरि नगरपालिकाले पाँच हजार जनाको पीसीआर परीक्षण गर्ने



काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पीसीआर परीक्षण गर्न लागेको जानकारी दिए ।

नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पीसिआर परिक्षण गर्न लागिएको हो । नगरपालिकाले नेपाली सेनाको सहकार्यमा उक्त परीक्षण गर्न लागेको हो । सङ्क्रमितको उपचारका लागि नगरपालिका–१ दहचोकमा रहेको मनमोहन अस्पतालमा आइसोलेशन सेन्टर स्थापना गर्न लागिएको छ ।

यसै हप्ताबाट सञ्चालनमा आउने उक्त आइसोलेशन २०० श्ययाको हुनेछ । हाल सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा चन्द्रागिरिका बासिन्दाको कोरोना परिक्षण गराइएको छ । चन्द्रागिरिमा हालसम्म ३४ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ ।

यसअघि नगरपालिकाले स्वास्थ्य सेवा विभागको सहकार्यमा नागढुङ्गाबाट काठमाडौँ भित्रिने पाँच हजार बढी यात्रुको पीसीआर परीक्षणका लागि स्वाव सङ्कलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभ्रेमा सहकारी रकम अपचलनमा २० पक्राउ, ४६ फरार

काभ्रे । जिल्लामा सहकारीको रकम अपचलन अभियोग लागेकामध्ये २० जना पक्राउ परेका छन्भने

कैलालीको जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला

धनगढी । कैलाली जिल्लाको टीकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा शनिबार पाटेबाघ मृत

निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारीप्रति गृह मन्त्रालयको आपत्ति

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको

मुस्ताङको घट्टेखोलामा चौँरी मेला

मुस्ताङ। हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आजदेखि चौँरी मेला सुरु भएको छ