सिन्धुपाल्चोक, कालिकोट र मकवानपुरमा पहिरोमा परी एकैदिन १७ जनाको मृत्यु, २८ बेपत्ता



काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर शुक्रबार एकै दिन १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा मात्रै पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए ।

बेपत्ता भएकाको खोजी जारी छ । स्थानीयवासीले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिरोबाट जोगिएनन् । स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन । पाँच घाइतेलाई उपचारका लागि अस्पताल ल्याइएको छ ।यस्तै सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पुर्याइएको छ ।

त्यस्तै कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरोमा परेर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते छन् । माथिबाट पहिराले उनीहरुको घर थिचेको थियो ।

त्यसैगरी मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा आज एक जनाको मृत्यु भएको छ । सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ । यो वर्षको वैशाखदेखि आजसम्म पहिरामा परेर २०६ जनाको मृत्यु भएको छ । अझै ७१ जना बेपत्ता छन् । १६० भन्दा बढी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

वीरगंज । वीरगञ्जबाट स्रोत नखुलेको १८ लाख रुपैयाँभन्दा बढी रकमसहित दुई भारतीय पक्राउ

काठमाडौं महानगरको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट

काठमाडौं । काठमाडौँ महानगरपालिकाको विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनोट भएका

अग्नि सापकोटा माओवादी उपाध्यक्ष चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ ।

स्वास्थ्य र शिक्षामा युरोपेली आयोगको सहयोग निरन्तर रहने

काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त युटा उर्पिलाइनेनले नेपालको स्वास्थ्य र शिक्षा