डोटीमा बस दुर्घटना, तीन जनाको मृत्यु, ३२ घाइते



डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिए ।

बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

तस्बिर : बुद्दि उपाध्याय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिवद्धः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले निजी व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको

‘कू’को शैलीमा एकताको बाटो छाडेर सत्तापलट गर्न खोज्ने ?’

हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं। यो अत्यन्तै छर्लंङ्ग छ र

पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

पाल्पा । पाल्पामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसनस्थित लुम्बिनी

कोभिडका कारण फोक्सोमा दीर्घकालीन असर

अनुसन्धानकर्ताहरूले कोभिड १९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी