जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने तीन लाख ९५ हजार जना कारबाहीमा
काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नगर्ने करिब ३ लाख ९५ हजार जनालाई कारबाही गरेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई पुनः निर्देशन दिएको छ ।
त्यस्तै मन्त्रालयले हालसम्म अनुमतिविना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिब ७ हजार ६ सय सवारी साधन र करिव १९ हजार ४ सय यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको जानकारी दिएको छ ।