उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न नगरपालिका फोरमको आग्रह



काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेकाले फोरमले नाकामा कडाई गर्न सरकारलाई आग्रह गरेको हो ।

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर फोरमले नाकामा कडाई गर्न, अनाधिकृत रुपमा प्रवेश गर्ने र गराउनेलाई कारवाही गर्न आग्रह गरेको हो ।

फोरमका अध्यक्षसमेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लकडाउन खुकुलो भएपछि संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै अहिले मानिसहरु बढी भित्रिएकोले विगतमा जस्तै नाकाहरुमा कडाई गर्नुपर्ने बताए ।

मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तेस्रो मुलुकबाट आउनेहरुका लागि संघीय सरकारलाई एकीकृत क्वारेन्टिनको व्यवस्थापन गर्न, समुदायस्तरमा कोरोना फैलिएकोले जात्रा पर्वहरु स्थगित गरिएजस्तै सरकारको पक्ष वा विपक्षमा हुने जुलुस, अनसन जस्ता कुराहरु प्रतिबन्ध लगाउन माग गरेका छन् ।

त्यस्तै फोरमले सार्वजनिक यातायात निषेध गरी निजि सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्न पनि सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्छ’

त्रिशूली । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस

ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

पाटन । ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न

बजेटको आकारमा यथार्थपरकता खोज्छौंः अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र

अमेरिकी सहयोग नियोग प्रमुख सामन्था आगामी साता नेपाल आउने

न्यूयोर्क । अमेरिकी सहयोग नियोग (युएसएआइडी)की प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल