आज २६ औँ विश्व आदिवासी दिवस, विविध कार्यक्रम गरी मनाइँदै



काठमाडौं । आज २६ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । विश्वभर रहेका आदिवासी जनजातिले विशेष उत्सवका रूपमा यो दिवस मनाउने चलन छ । संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट ९ का दिन यो दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन (सन् १९८२ को अगस्ट ९) को दिनलाई नै आधार मानेर विश्व आदिवासी दिवसको रुपमा मनाउन थालिएको हो । सन् १९९४ को डिसेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाले निर्णय गरेअनुसार सन् १९९५ देखि यो दिवस मनाउने गरिएको छ ।

महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का त्रासका बीच आज विश्वभरका आदिवासी जनजातिले ‘२६ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस’ मनाउँदै छन् । महामारीले सिर्जना गरेको परिस्थितिलाई ध्यानमा राखी यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।

आदिवासी जनजातिका हक, अधिकार लगायत कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिको संवद्र्धनको आवाज बुलन्द गर्दै अगस्ट ९ का दिनलाई सवश्वका आदिवासी जनजातिले पर्वकै रूपमा यो दिवस मनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको