कार दुर्घटना हुँदा रुपन्देहीमा तीन जनाको मृत्यु



बुटवल । शुक्रबार राति नवलपरासीबाट भैरहवातर्फ गइरहेको कार रुपन्देहीको रोहीणी गाउँपालिकामा अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ । लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भई पल्टदा तीन जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यलय बुटवलले जनाएको छ । सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाईतेहरुलाई उपचारको लागि भीम अस्पताल भैरहवा पठाएकोमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुने तीनमध्ये एक जनाको मात्र पहिचान खुलेको छ । दुर्घटनामा परि सिद्धार्थनगर बालापुरका देवेन्द्र चौधरीको मात्र पहिचान खुलेको छ । उनी कार चालक हुन् । अन्य २ जनाको परिचय खुल्न बाँकी छ । घाईते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का ३० बर्षीय अनिल यादव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ