उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा नदिने



काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । तीन जिल्लाका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले जोखिम बढेको भन्दै नियमित काम बन्द गर्ने निर्णय गरेको हो ।

अन्य कार्यालयहरूको हकमा भने सम्बन्धित कार्यालयले नै निर्णय गर्ने समितिको भनाई छ । जिल्ला समन्वयन समिति काठमाडौंमा भएको संयुक्त छलफलले निजी क्षेत्र तथा अन्य कार्यालयलाई पनि भीडभाड र चहल पहल कम हुने गरी काम सञ्चालन गर्न आग्रह गरेको जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले जानकारी दिए ।

यस्तै बैठकले सरकारले लागू गरेको सवारी साधानमा जोर–बिजोर तथा हिँड्डुललाई थप कडाइका साथ कार्यन्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले काठमाडौं प्रवेशलााई कडाई गर्ने, भीडभाड हुने स्थानमा सूचना जारी गर्ने, स्थानीय तहलाई क्वारेन्टाइन बढाउन आग्रह गर्ने निर्णय गरेको राजबैद्यले बताए । उनले काठमाडौं उपत्यकामा आइसोलेशन बढाउन सिसिएमीलाई सिफारिस गर्ने निर्णय पनि गरेको जानकारी दिए ।

बैठकले काठमााडौंभित्रका चाडपर्व सुरक्षित तवरले मनाउन पनि आग्रह गरेको छ । कोरोना संक्रमित बढ्दै गएपछि सरकारले उपत्यकामा सवारी साधानमा जोर–बिजोर प्रणाली लागू गरेको छ । यस्तै राति ९ बजे पछि बिहान ५ बजेसम्म हिँड्डुल तथा सवारी साधान सञ्चालन गर्न पनि बन्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई