प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीबाहेक अरु सबैको रिपोर्ट नेगेटिभ



काठमाडौँ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका तर्फबाट गंगा दाहालले सामाजिक संजाल फेसबुकमार्फत बाहिरी घेरामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिइन् ।

उनले लेखेकी छन्, ‘अध्यक्ष लगायत हामी सम्पुर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड १९ स्वाव परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ । ऊक्त ६ जना बाहेक हामी सवैको रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँदछु । अध्यक्षको सुरक्षामा अहोरात्र खट्टिनुहुने संक्रमित सुरक्षाकर्मी साथीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना..!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा