फोटोमा हेर्नुस् गाईजात्रा



काठमाडौं । काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा मंगलबार गाईजात्रा पर्व मनाइएको छ । यस पर्वमा बर्षभरी दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।

यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।

नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यस पर्व मनाउन थालिएको छ ।

काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ । कोभिड – १९ को संक्रमण वढ्दै गएपछि यसपटकको गाईजात्रा सामान्य तरिकाले मनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भगवानपाउमा टिपरको ठक्करबाट घाइते भएका साइकलयात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर

यस्तो छ दलहरुबीच संसदीय छानबिन समिति गठनमा भएको चार बुँदे सहमति(पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत रकम अपचलन छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको कार्यादलमा

गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

काठमाडौँ । “पर्दा बेग्लै झ्याल उही खोपडी बेग्लै ख्याल उही जिब्रो बेग्लै र्‍याल

कांग्रेसद्वारा संसदीय समिति गठन गर्ने विषयमा भएको सहमतिलाई अनुमोदन

  काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको