पहिरोमा परी सिन्धुपाल्चोकको मेलम्ची बजारका आठ जना बेपत्ता



मेलम्ची । आइतबार राति गएको पहिराले मेलम्ची बजारका आठ जना बेपत्ता भएका छन् । अबिरल बर्षाका कारण मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची बजारमा पहिरो गएको हो । १ जनाको जिवितै उद्धार गरिएको छ । जिल्लाकै बरुवामा पनि २ जना बेपत्ता भएको स्थानियले जानकारी दिएका छन् ।

पहिरोको कारण मेलम्ची बजारमा निर्माण हुदै गरेको कभर्ड हलमा काम गर्ने मजदुर बेपत्ता भएका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । बेपत्ताहरुको उद्धारकार्य जारी रहेको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयले बेपत्ताको खोजी कार्य गरिरहेका छन् ।

त्यस्तै बाह्बिसे नगरपालिका २ कर्थलीमा पनि भीषण पहिरो गएको छ । घट्टेखोलाको छयाप्लुङभीरमा पहिरो आउँदा ५ घर पूर्णरुपमा क्षति भएका छ । पहिरोले २० घर उच्च जोखिममा परेका छन् ।

तस्बीर : देवराज सुवेदी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई