यसरी भासियो बुटवल–पाल्पा सडकखण्ड, फोटोमा हेर्नुस्



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तरगत दोभानमा सडक भासिएको छ । पाल्पाको तिनाउ गाउपालिका वडा नम्ब ३ दोभानमा रहेको दोभान प्रहरी चौकी देखि एक सय मिटर दक्षिणमा सडक भासिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

१२ मिटर लम्बाई डेढ फुट सडक चिराचिरा परेर फाटेकोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक बिक्रम भुसाल जानकारी दिएका छन् । सडक भासिएपछि प्रहरीले बुटवलबाट उत्तर जाने सवारी साधनहरु चिडिया खोला र पाल्पाबाट बुटवल आउने ठूला सवारी साधनलाई बर्तुङमा रोकेर राखिएको छ । सडक भासिएका कारण ठूला साधनहरु आवत जावत गर्न नमिल्ने अवस्था रहेको प्रहरी सहायक निरीक्षक भुसालले बताए ।

फोटोः ट्राफिक प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सडक खनेको चार दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण

मलेखु । सडक खनेको चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (बेली ब्रिज)

बझाङमा एमाले उम्मेदवार ९ मतले अगाडि

  चैनपुर (बझाङ) । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी

चक्कु प्रहार गरी स्याङ्जामा युवकको हत्या

वालिङ (स्याङ्जा) । स्याङ्जामा चक्कु प्रहार गरी गएराति एक युवकको हत्या भएको छ

देशका अधिकांश भू–भागको तापक्रम बृद्धि, तातो हावाको लहर अझै बढ्ने

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा