‘इनफ इज इनफ’ अभियानप्रति राप्रपाको ऐक्यवद्धता



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सत्याग्रहीको जीवन रक्षामा सरकार जिम्मेवार हुनु पर्ने बताएको छ । इनफ इज इनफ अभियानप्रति ऐक्यवद्धता जनाउँदै युवा अभियन्तासँग सरकारले गरेको सहमति पूरा गर्न सरकारसँग माग गरेको छ ।

बसन्तपुर डबलीमा भेला भएर राप्रपाका नेता, कार्यकर्ताहरूले सरकारको कोभिड व्यवस्थापन प्रभावकारी नभएको भन्दै बिहीबार प्रदर्शन गरे । सामाजिक दुरी कायम गर्दै, सत्याग्रहीको जीवन रक्षा गर, जनता मार्न पाइदैन, सरकार कता हरायो, लुटतन्त्र दुइतिहाई, सरकारको हातमा रगत, १०० प्रतिशत पीसीआर, सहमति पूरा गर, कोरोनाबाट नबचाउने, स्वास्थ्य क्षमता वृद्धि गर जस्ता नाराअंंकित प्लेकार्ड बोकेर प्रदर्शन गरे ।

युवा सत्याग्रहीको आवाज नसुनेको भन्दै सरकारको आलोचना गरे । अभियन्ताका माग अविलम्ब पूरा गर्न सरकारको ध्यानाकर्षण गरे । महामारी व्यवस्थापनमा सरकार जिम्मेवार हुनुपर्छ भन्ने उनीहरूको जोेड थियो ।

युवा अभियन्ता ईः तेह्र दिनदेखि सत्याग्रहमा छन् । खाना र पानी नखाई अनसनमा बसेका ईःको स्वास्थ्य अवस्था संवेदनशील हुँदै गएको छ । युवा अभियन्तासँग गरेको पूर्ववत् संझौता सरकारले कार्यान्वयन नगरेकोमा दोस्रो चरणको सत्याग्रह सुरू गरिएको हो । इनफ इज इनफ अभियानले मूलतः कोभिड–१९ को सबल व्यवस्थापन माग गरेको छ ।

‘महामारी व्यवस्थापनको सवालमा सरकारलाई मोतीबिन्दू लागे जस्तो छ । तर यो रोग निको पारेर भए पनि सरकारले जनताको जीवन रक्षा गर्नुपर्छ । सत्याग्रहीको माग र जीवन रक्षामा सरकार जिम्मेवार हुनुपर्छ । यसै अभिप्रायले युवा अभियानको जायज र सान्दर्भिक मागप्रति हामीले ऐक्यवद्धता जनाएका हौं । सत्याग्रहीको ज्यानप्रति सरकार नै जिम्मेवार हुनुपर्छ, सरकार बेखबर रहने, भाग्ने प्रश्नै उठ्दैन भन्ने हाम्रो भनाइ हो,’ राप्रपाका नेता सगुन सुन्दर लावतीले भने ।

कार्यक्रममा राप्रपाका नेताहरू दुर्गा श्रेष्ठ, ध्रुव प्रधान, जगत गौचन, राजाराम श्रेष्ठ, श्याम तिमिल्सिना, गोविन्द खनियाँ, दिनेश श्रेष्ठ, किशोर कार्की, रवीन्द्रप्रताप शाह, परशुराम तामाङ, बिजयकला राई, मीना सुवेदी, विन्दा गिरी, मीना शाही, जनकराज पाठक, पूजा राणा, मोहन श्रेष्ठ, श्याम घिमिरे, केदार फुयाल, राजु लोहनी, धनशुर शाही लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३

अभिलेख नहुँदा नागरिकताबाट वञ्चित

  कैलाली । कैलालीको टीकापुरका झनकप्रसाद तिमिल्सिना लामो समय शिक्षण गरेर सेवानिवृत्त भए

तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको