निर्मला हत्या प्रकरणः एसपी विष्टसहित सबै प्रहरीलाई सफाइ



कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा यातना र प्रमाण नष्टको आरोप लागेका प्रहरी अधिकारीहरुलाई अदालतले सफाइ दिएको छ । जिल्ला अदालत कञ्चनपुरले बिहीबार तत्कालीन एसपी दिल्लीराज विष्टसहित आठैजना प्रहरी अधिकारीहरुलाई सफाइ दिएको हो ।

न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले खडक विष्ट वादी रहेको यातना कसुरमा तत्कालीन एसपी दिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरिक्षक एकेन्द्र खड्कालाई निर्दोष ठहर्याएको हो ।

निर्मलाकी आमा दुर्गादेवी पन्त वादी रहेको सार्वजनिक न्यायविरुद्धको कसुरमा यी चारसहित प्रहरी निरिक्षक जगदीशप्रसाद भट्ट, सईद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदले सफाई पाएको जिल्ला अदालतका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिए ।

प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप विष्टका दाइ खडक विष्टले यतनासम्बन्धी र निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुरमा जिल्ला अदालतमा जाहेरी दिएका थिए । यसअघि जिल्ला अदालतले आठैजना प्रहरीलाई धरौटीमा छाडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निरन्तरको प्रयासपछि किमाथाङ्का नाका खुल्दै, सीमावर्ती क्षेत्रका बासिन्दको जनजीवन सहज हुने

काठमाडौँ । नेपाल सरकारको निरन्तरको प्रयासपछि सङ्खुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का नाका शनिबारदेखि पुनः

काठमाडौंको मित्रनगर र गाकर्णेश्वरबाट २२ जुवाडे पक्राउ

  काठमाडौँ । नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा

विशेष अदालतबाट सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत फेला

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल मृत

तीन महिनामा नवलपरासीमा तीन पाटेबाघको मृत्यु

  नवलपुर । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का