प्रदेशमा अनुभवी कर्मचारी पठाइदिन केन्द्र सरकारसँग प्रदेशका कानुन मन्त्रीहरुको माग



काठमाडौं । विभिन्न प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले कानून मस्यौदा गर्ने ठाउँमा दक्ष कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको जनाएका छन् । साथै उनीहरुले आवश्यक कर्मचारी प्रदेशमा नपठाउदा कानून निर्माणको काम गर्न अप्ठेरो भएको गुनासो गरेका छन् ।

बुधबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुसँग गरेको छलफलका क्रममा प्रदेशका कानूनमन्त्रीहरुले प्रदेश र स्थानीय तहमा अनुभवी कर्मचारी पठाइदिन सुझाव दिएका हुन् । छलफलमा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले कानून मस्यौदा गर्ने ठाउँमा रहेका कर्मचारीमा अनुभवको कमी भएको देखिएको बताए । संघीयता कार्यान्वयनको चरणमा भएकै कारणले कानून बनाउनु पहिलो प्राथमिकता भएको उनको भनाई छ ।

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले तल्लो तहमा पठाएका कर्मचारीलाई सुरुमै अभिमुखीकरण गरिदिन पनि आग्रह गर्दै सक्षम हुँदै गरेका कर्मचारी पनि संघमा तान्ने प्रवृत्ति रोक्नुपर्ने बताए । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रदेश प्रदेशका मुख्यमन्त्रीले नियुक्त गर्ने मुख्य न्यायाधिवक्ता महान्यायाधिवक्ता मातहत हुँदा समस्या भएको बताए ।

त्यस्तै छलफलमा प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी र कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले पनि कानून मस्यौदा गर्ने जनशक्ति कमजोर हुँदा समस्या देखिएको बताएका थिए ।

छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. तुम्बाहाङ्फेले स्थानीय तहमा कानूनी जनशक्ति व्यवस्थापनबारे केन्द्र सरकारले निरन्तर छलफल गरिरहेको भन्दै प्रदेशमा देखिएको समस्या समाधान गर्ने आश्वासन दिइन् ।

उनले एकीकृत सहायता कानूनी नीतिमा प्रदेशलाई पनि सहभागिता गराउने प्रयास गर्ने जिकिर गरिन् । स्थानीय तहमा कानूनी जनशक्ति व्यवस्थापनबारे आफूले छलफल गरिरहेको उनले बताइन् । प्रदेशमा कानूननिर्माणमा देखिएका समस्याका बिषयमा मन्त्रालयले प्रदेशका कानूनमन्त्रीसंग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट ल्याउनुपर्छः उपाध्यक्ष पौडेल

ललितपुर । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ठूलो आकारको नभई स्रोतको उपलब्धताका

काठमाडौं–तराई फास्ट ट्रयाकको १,६५३ मिटरको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रबार ब्रेक थ्रु भएको

कीर्तिमानी आरोही कामिरितालाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम

कैलास सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप ३