रातो मच्छिन्द्रनाथको रथारोहण आगामी शनिबार सुरु हुने



कोरोना महामारी र लकडाउनका कारण रोकिएका रातो मच्छिन्द्रनाथको रथारोहण आगामी शनिबार सुरु हुने भएको छ । मच्छिन्द्रनाथको रथारोहणका लागि साउन १० गतेको लागि साइत जुरेको हो । रथारोहण पछि गुर्जु पल्टनका सैनिकहरूले बन्दुक पड्काएपछि औपचारिक रूपमा रथयात्रा सुरु गर्ने चलन छ ।

सामान्यतया रथारोहणको चौथो दिनका रथयात्रा गराउने चलन थियो । यस पटक रथारोहणकै दिन रथयात्रा सुरु भए पनि अरू प्रक्रिया यथावत हुने बताइएको छ । रथयात्रा सुरु भएपछि साउन १० गते पुल्चोकमा रहेको सो रथलाई तानेर गाबहालको चारदोबाटो पुयाउने गरिन्छ । रथयात्राको पहिलो दिन रथलाई विधिवत पूजा गरी सोही चोकमा राखिन्छ । दोस्रो दिन गाबहालबाट मंगलबजारसम्म रथ तान्ने गरिन्छ । तेस्रो दिन सुन्धारासम्म र चौथो दिन पनि सुन्धारामा रथ राख्ने गरिन्छ । हरेक दिन बिहान र बेलुकी रथमा विधिवत् पूजा गर्ने गरिन्छ । त्यस्तै, पाँचौं दिन रथलाई महाबौद्धभन्दा अघि पुरानो बालकुमारी पीठसँगै रहेको खाली ठाउँमा राख्ने गरिन्छ । त्यसैको भोलिपल्ट लगनखेलमा रहेको रूखमा रथ घुमाएर त्यहीँ राख्ने गरिन्छ । त्यसपछि फेरि अर्काे साइत हेरेर त्यसलाई जावलाखेलसम्म तान्ने गरिन्छ ।

जावलाखेल पु¥याइएको चौथो दिनमा भोटो देखाउने गरिन्छ । भोटो देखाएकै दिन बेलुका मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती लैजाने गरिन्छ । गत चैत २८ गते कोरोनाका कारण रोकिएको रथ निर्माण कार्य गत असार १० गतेदेखि पुनः सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तराई क्षेत्रमा आगामी तीन दिन तातो हावाको लहर चल्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह्

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा

सरकारले पशुपतिनाथ, स्वर्गद्वारी, मुक्तिनाथ दर्शनका लागि यातायात संचालन गर्ने

  काठमाडौँ । नेपालको धार्मिक पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा नेपाल–भारत सीमा

मदिरा, वियर, सूर्ति र चुरोटमा कर बृद्धि, आलु, प्याज र स्याउमा लगाइएको कर खारेज

काठमाडौं । सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ ।

प्रचण्ड पत्नी सीताका नाममा कलेज बनाउन बजेट विनियोजन

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वर्गीय पत्नी सीता दाहालको नाउँमा ‘सीता दाहाल