अवरूद्ध पोखरा-बागलुङ सडकखण्ड खुलाउन पहल गरिँदै
काठमाडौं । सोमबार राति पर्वतको कुश्मा नगरपालिका वडा नम्बर २ नयाँपुल स्थित पोखरा बागलुङ सडक खण्डमा माथिबाट ठूलो ढुङ्गा खसेर अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइरहेको छ ।
स्काभेटरको प्रयोग गरी सडकको केही अंश खुलाई साना सवारीहरु सुचारु भईरहेको र उक्त बाटो पुर्ण रुपमा खुलाउन पहल भईरहेको प्रहरीले जानकारी दिएको छ ।
फोटोः नेपाल प्रहरी