सरकारविरुद्ध प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही थाल्न कार्यकर्तालाई विप्लवको निर्देशन
काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेकपाले सरकारविरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार विज्ञप्ति जारी गरी पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी पङ्क्तिलाई सरकारविरुद्ध प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही थाल्न निर्देशन दिएका हुन् ।
सरकारले पार्टी केन्द्रीय सदस्य तथा सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेती महाकाली ब्युरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची कोसी ब्युरो सदस्य जोखिमलाई गिरफ्तार गरेपछि आक्रोशित भएका महासचिव विप्लवले प्रतिरोधमा उत्रिन नर्देशन दिएका हुन् ।