पानीले बगाएर मेलम्ची आयोजनाका इन्जिनियरसहित दुई जना बेपत्ता



सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानीले बगाएर दुई जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर– १ अम्बाथानमा रहेको १७ नम्बर गेट फुट्दा पानीले इञ्जिनियर सतिश गोहित र चालक राधाकृष्ण थापा मगरलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । त्यसक्रममा बा१झ ६७६४ नम्बरको गाडी समेत बगाएको छ ।

गाडी केही तल खोलामा भेटिएको छ । गोहित र थापासँगै पानीले बगाएका शेखर खनाल र पेम्बा दोर्जेलाई उद्धार गरिएको छ । उनीहरूलाई मेलम्ची क्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपश्चात हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ । १७ नम्बर गेटमा केही समस्या देखिएपछि मर्मतका लागि गएकाहरूलाई बगाएको हो । आयोजनाको सुरुङ परीक्षणका लागि केही दिनयता पानी हालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको