बाढीपहिरोमा परी दुई दिनमा १३ जनाको मृत्यु, १९ जना बेपत्ता


काठमाडौं । देशका विभिन्न भागमा गएको बाढी पहिरोमा परी दुई दिनमा १३ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान दश बजेदेखि सोमबार बिहान दश बजेसम्म १३ जनाको मृत्यु, १४ जना घाइते भएका छन् ।