तनहुँमा पहिरोले पुरिएर ६ जनाको मृत्यु, ६ बेपत्ता



दमौली । तनहुँका विभिन्न भागमा पहिरोले पुर्दा ६ जनाको ज्यान गएको छ भने ६ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर ऋषिङमा एकै परिवारका १ जनाको मृत्यु ४ जना बेपत्ता भएका छन् । रिसिङ गाउँपालिका–८ भैसींकिलेमा गएराति गएको पहिरोमा परी एकै परिवारका पाँच वेपत्ता भएका थिए। प्रहरीका अनुसार राती करिब १ बजे घर माथिबाट पहिरो खस्दा आनबहादुर थापाका परिवारका ६ जना पुरिएकोमा आनबहादुरकी श्रीमती ज्योतिमाया थापालाई उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको छ ।

पहिरोमा आनबहादुरका साहिला छोरा भेषबहादुर र भेषबहादुरकी श्रीमती नानुमाया, छोरा महादेव, छोरी अमिषा र मनिसरा थापा बेपत्ता भएका थिए। जसमध्ये भेषबहादुरको शव उद्धार टोलीले झिकेको गाउँपालिकाका दानबहादुर श्रेष्ठले जानकारी दिए । घटनास्थलमा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठसहितको टोली उद्धार टोलीले खोजी कार्य जारी राखेको छ। प्रहरी टोली राति नै पुगेको भएपनि लगातार पानी परिरहेकाले उद्धारमा कठिनाइ उत्पन भएको ऋषिङ प्रहरी चौकीका इन्चार्ज क्षेत्रबहादुर थापाले बताए ।

त्यहाँ बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल सँगै तीन प्रहरी युनिट खटिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । व्यास–९ माझफाटमा केशवबहादुर थापाको घर पहिरोले पुर्दा तीन जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् । घटनामा परी केशबकी श्रीमती ३५ वर्षीया कमला थापा, २४ वर्षका मनोज थापा र २१ वर्षकी अन्जना थापाको ज्यान गएको छ।

सोही परिवारका २० वर्षका राजेश थापा २० बेपत्ता छन् । सोही ठाउँका मानबहादुर घर्तीको घर भत्किँदा उनकी आमा ७० वर्षीया मैती घर्तीको ज्यान गएको छ । यता, व्यास–११ राम्चेमा पहिरोले पुर्दा एक बेपत्ता छन्। भाइको घर गएका पदम चेपाङ पहिरोले पुरेर बेपत्ता भएका हुन्। उनको खोजी जारी रहेको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिए।

तनहुँमा केही दिनयता निरन्तर वर्षा भइरहेको थियो। शनिबार र आइतबार धेरै ठाँउमा अविरल वर्षा भएकाले क्षति बढेको छ । म्याग्दे–६ बेलौतीडाडामा घरमा पहिरो खस्दा घाइते लक्ष्मी विकको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई