तनहुँको ऋषिङमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच वेपत्ता



दमौली । तनहुँको रिसिङ ८ भैसीकिलेमा गएराति गएको पहिरोमा परि एकै परिवारका पाँच जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार राती करिब १ बजे घर माथिबाट पहिरो खस्दा आनबहादुर थापाको परिवारका पाँच सदस्य वेपत्ता भएका हुन् । घटनामा परी साहिला छोरा भेषबहादुर र भेषबहादुरकी श्रीमती नानुमाया, छोरी अमिषा महादेव र मनिसरा थापा वेपत्ता भएका छन् ।

आनबहादुरकी श्रीमती ज्योतिमाया थापालाई उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको बताइएको छ । ऋषिङ प्रहरी चौकिका इन्चार्ज क्षेत्रबहादुर थापाले उद्दारको प्रयास भैरहे पनि पानी परिरहेकाले समस्या परेको जानकारी दिए ।

घटनास्थलमा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठसहितको टोली उद्धारका लागि पुगेको छ ।प्रहरी टोली राती नै पुगे पनि घर पुरै पहिरोले पुरेकाले उद्धारमा कठिनाई आएको प्रहरी सहायक निरिक्षक थापाले बताए । यता म्याग्दे ६ बेलौतीडाँडामा घरमा पहिरो खस्दा घाइते लक्ष्मी विकको उपचारका लागि ल्याइएकामा रत्नहरी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई