स्वदेशी वा विदेशी सञ्चारमाध्यम नैतिक दायराभित्र बस्नुपर्छः सञ्चारमन्त्री



काठमाडौं । सरकारका प्रवक्ता एवंसञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले स्वदेशी र विदेशी सञ्चारमाध्यम नैतिक दायराभित्र बस्नुपर्ने बताएका छन् । आइतबार सिंहदरबारमा नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) लगायतले बुझाएको ज्ञापन पत्र बुझ्दै उहाले अपमानित ढंगबाट कुनै पनि मिडिया जान नहुने पनि बताए ।

कुनै दुर्भाव फैलाउने गरी, चरित्र हत्या गर्ने गरी मानमर्यादालाई नै आँच पुर्याउने गरी प्रतिष्ठा घटाउने गरी गरिएका सञ्चार माध्यमका समाचार, विश्लेषणहरुको भत्सर्ना गरेको उनले बताए ।

राष्ट्र तथा राष्ट्रियता सार्वभौमिकता र नेपालीका स्वाभिमानमा आँच पु¥याउने समाचारहरू सम्प्रेषण नगर्न पनि उनले अनुरोध गरे ।
कोभिडसँगै अहिले प्राकृतिक विपदसँग लडिरहेको र राजनीतिक नक्सा अध्यावधिक पनि गरेको अवस्थामा नेपालीको एकताबाट कोही तर्सिएको हुन सक्ने उनको भनाई छ ।

मन्त्री खतिवडाले भारतीय सञ्चारमाध्यमले दूरासयपूर्ण विषयवस्तु बाहिर ल्याएको सञ्चारमाध्यम नै बन्द गरिएको बताए । बिदेशी च्याानलमा क्लिन फिड लागू हुनुपर्ने, बिदेशी च्यालनलाई व्यवस्थित गर्नुपर्ने लगायतका माग राखि उक्त संस्थाहरुल सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको