‘एक व्यक्ति, एक पद’मा जानुको बिकल्प छैनः गणेश साह



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी एकतालाई जोगाउनको लागि पनि नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनीहरुले बताएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेकपा स्थायी कमिटी सदस्य एन. के. प्रसाईले नेताहरुले विवेक प्रयोग गर्नुपर्ने बेला आएको बताए । प्रधानमन्त्री ओलीले मदन जयन्तीमा आफूलाई भारतले हटाउन खोजेको र भारतको उक्त खेलमा नेकपाका नेताहरुको सहभागिता रहेको भनेर दिएको अभिव्यक्तिका कारण नेताहरुले राजीनामा मागेको उनले बताए ।

पार्टी र सरकारको अहिलेको प्राथमिक मुद्दा राष्ट्रिय स्वाधिनताको रक्षा हुनुपर्ने उनले बताए । त्यस्तै नेकपा स्थायी कमिटी सदस्य गणेश साहले अहिलेको समस्या हल गर्नको लागि ‘एक व्यक्ति, एक पद’ मा जानैपर्ने आवश्यकत्ता रहेको बताए ।

पार्टीभित्रको आन्तरिक विवादको बारेमा पूरा देश र जनतामा चासो र चिन्ता देखिएको भन्दै विवाद समाधान गर्न नेताहरुले प्रयत्न गरिरहेको साहले बताए । साहले नेकपाभित्रको विवाद हल गर्नको लागि पनि ‘एक व्यक्ति, एक पद’मा जानैपर्ने स्पष्ट पारे । साहले आगामी साउनको अन्तिममा वा भदौं पहिलो साता नै केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई