ओली र प्रचण्ड निर्णायक वार्तामा
काठमाडौं । पार्टी भित्रको उत्पन्न विवाद समाधानका लागि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । पछिल्लो समय पार्टीमा बढ्दै गएको विवाद समाधानका लागि ओली र प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका हुन् ।
पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी फुटको संघारमा पुगेको भन्दै अध्यक्षद्वयले निर्णायक वार्ता थालेका हुन् । वार्तामा महासचिव विष्णु पौडेल तथा नेता जनार्दन शर्मा सहभागी छन् ।