यस्ता छन् असार १५ गतेको मन्त्रिपरिषद बैठकका निर्णय



काठमाडौं । सर्लाहीको रामनगरमा हत्या भएका नेकपा कार्यकर्ता रामजलन रायका पीडित परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । असार १५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले क्षतिपूर्ति दिने निर्णय भएको जानकारी दिएका हुन् । रामनगर ४ निवासी नेकपा कार्यकर्ता रायको ६ असारमा अज्ञात समूहले अपहरणपछि हत्या गरेको थियो ।

बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले दिने ३ सय मिलियन डलर (करिव ३० करोड ८० लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय गरेको छ । त्यसैगरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्तावमा मोरङ नौबिसे २ सय २० केबी प्रशारण लाइनको लागि र कुसाहा विराटनगर १ सय ३२ केभी प्रशारण लाइन निर्माणको लागि जमिन उपलब्ध गराउने निर्णय भएको प्रवक्ता डा खतिवडाले जानकारी दिए ।

विदामा नेपाल आएका करार र भिसा अवधि बाँकी रहेकाहरुको हकमा पीसीआर परीक्षण र अन्य स्वास्थ्य प्रोटोकल पालना गरी जान दिने निर्णय पनि सरकारले गरेको छ । पुनः करार नविकरण गरेका र भिसाको म्याद थप भएका व्यक्तिले कोभिड परीक्षण र अन्य प्रोटोकलको पुरा गरेमा पुनः स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको प्रवक्ता खतिवडाले बताए ।

विमानस्थलबाट होल्डिङ सेन्टरसम्म लैजान नेपाली सेनाको सवारी प्रयोग गर्ने निर्णय पनि सरकारले गरेको छ । जिल्ला कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीसीएमसी) ले सीसीएमसीसँगको समन्वयमा आवश्य परे आंशिक वा पूर्ण रुपमा जिल्ला शिल गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै बिहीबार नै बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई