मलाई प्रधानमन्त्रीबाट हटाउने खेल भएपनि त्यो असम्भवः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा जारी भएपछि सरकार परिवर्तनको खेल सुरु भएको बताएका छन् । ६९ औं मदन जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई हटाउन विभिन्न खेल सुरु भएको बताएका हुन् ।

चीनसँगको टान्सपोर्ट सम्झौता गरेपछि आफ्नो सरकारलाई हटाइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिले नयाँ नक्सा जारी गरी संविधान संशोधन भएपछि पुनः सरकार परिवर्तनको खेल सुरु भएको बताएका हुन् । नयाँ नक्सा छापेबापत प्रधानमन्त्रीलाई हटाउँछु भन्ने सपना नदेख्न उनले आग्रह गरे ।

उनले भने, ‘चीनतिरबाट ट्रान्सपोर्ट, ट्रन्जिट एग्रिमेन्ट गरेपछि सरकार ढल्या थियो किनकी हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भएर नक्सा जारी भयो । यस्तो अपराध गर्ने केपी ओलीलाई कुर्सीमा राख्नु हुन्न भनेर लागिपरेका छन् । बाहिरबाहिर भन्न नसक्ने, भित्रभित्र कुरा हो त्यो । यस्तो अपराध गर्नेलाई दिल्लीका सञ्चार माध्यम सुन्नुहोस् त्यसैले निर्देश गर्छ कहाँ के भइरहेको छ । यहाँका होटलमा भइरहेका गतिविधिहरुले बताएको छ । दूतावासको सक्रियता यसले पनि बताएको छ । तर नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यति कमजोर छैन । यो नसोचे पनि हुन्छ । त्यसकारण यो भ्रम हो । कोसिस गर्नेलाई गर्न दिउँ ।’ तर हिजोको जस्तो होइन कसैले हतारो नगरेपनि हुन्छ र कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ ।’’

प्रधानमन्त्रीले सरकार परिवर्तनको प्रयास जति भएपनि हिजोको जस्तै आजको भोलि परिवर्तन हुनै नसक्ने बताए । प्रधानमन्त्रीले आफ्नो पार्टी र संसदीय दल कसैको बहकाउमा नलाग्ने समेत बताए ।

प्रधानमन्त्री ओलीले भुलचुकले नेपालको गुमेको भूमि समेतको नक्सा नछापिएको बताए । उनले भने, ’नेकपा पार्टी र संसदीय दल पनि बहकावमा कुद्दैन । यति बुझे हुन्छ, नक्सा भूलचुकले छापिएको होइन ।’ राष्ट्रपतिले १६ करोडको गाडी चढेको भन्दै हुने आलोचनालाई संकेत गर्दै प्रधानमन्त्रीले मदन भण्डारीकी धर्मपत्नीलाई साइकल चलाउन नआउने बताए ।

आफै महंगा गाडी बढ्नेहरुले राष्ट्रपतिको आलोचना गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘स्वीडेनको राजा साइकलमा हिँड्छन् । उनी शौखका लागि हिंड्छन् । उनी के गाडी नभएर साइकलमा हिँडेका हुन् ? स्कर्टिङ हुँदैन ? त्यो कुरा होइन । स्कर्टिङ पनि हुन्छ, गाडी पनि हुन्छ । दरबार नजिकैको रेलवे स्टेसनमा साइकल लिएर जान्छन् यो शौखको कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर