जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदै



काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ ।

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद जबज को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

नेता भण्डारी शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिनुपर्ने राजनीतिक विचारका लागि जनता माझ लोकप्रिय छन् । भण्डारीको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी निधन भएको थियो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादले विश्वमा कम्युनिष्ट आन्दोलन थप बलियो बनाउन सफल भएको बताएका छन् । जननेता भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा पत्रकारहरुसग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाली नागरिकले पनि जनताको बहुदलीय जनवादलाइ धरौटी मानेर मतदान गरेकाले त्यसलाई अस्वीकार गर्न नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार