स्थायी कमिटी बैठकमा मुख देखाएर फर्किए ओली



काठमाडौँ । शुक्रबार पार्टी स्थायी कमिटी बैठकको दोस्रो दिन अनुपस्थित भएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारको बैठकमा पनि मुख देखाएर निस्केका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओली केहीबेर मात्र सहभागी भएर बाहिरिएका हुन् । शनिबार पनि ओली केहीबेरमा निस्किएपछि अर्का अध्यक्ष प्रचण्डले स्वास्थ्यका कारण उनी पूरै समय बैठकमा बस्न नसकेको बताएका थिए ।

प्रधानमन्त्री नै उपस्थित हुने भनेर बालुवाटारमा बैठक राख्दा पनि उनी उपस्थित नभएको भन्दै शुक्रबार केही सदस्यले ओलीको आलोचना गरेका थिए । बैठकको पहिलो दिन अध्यक्षद्वयले सम्बोधन गर्ने दिन भने ओलीले बैठकमा आफ्नो सरकारका उपलब्धिबारे फेहरिस्त प्रस्तुत गरेका थिए । उनले सरकारले राम्रा काम गरेपनि पार्टी भित्रैबाट त्यसको प्रचार नभएको, बहुमतको खेल सुरु गरेको भन्दै दुखेसो पोखेका थिए ।

बैठकमा वरिष्ठ नेता नेपालले एकोहोरो आफ्नो मात्र बखान नगर्न भन्दै प्रधानमन्त्रीलाई बीचमै रोक्न खोजेका थिए । तर प्रधानमन्त्रीले आफ्नो पालोमा बोल्नु भन्दै नेपाललाई बोल्न दिएका थिएनन् । त्यसयता प्रधानमन्त्री ओली बैठकमा उपस्थित नै हुन छाडेका छन् । शुक्रबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि सीमा समस्याकाबारेमा मात्रै छलफल भएको थियो ।

विभिन्न सात एजेण्डा तय भएपनि सरकार, पार्टीको कामको समीक्षा, एमसीसीको विषयमा छलफल गर्ने बेलामा भने प्रधानमन्त्री स्थायी कमिटी सदस्यबाट छलिन लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास