संघीय निजामती सेवा ऐनकाबारेमा प्रधानमन्त्रीसँग कुरा गर्छुः प्रचण्ड



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा ऐनमा समावेश प्रावधानका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने आश्वासन दिएका छन् ।

आफूलाई भेट्न शुक्रबार बिहान आएका निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरुसँग अध्यक्ष प्रचण्डले यस विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने आश्वासन दिएका हुन् ।

अध्यक्ष प्रचण्डसँग उनीहरुले ऐनमा समावेश ट्रेड युनियनको प्रावधानलाई लिएर असन्तुष्टि जनाएका थिए । प्रचण्डले भने, ‘ कुन कुन विषयमा के सुधार गर्नुपर्ने छ , त्यो लेखेर मलाई पठाउनुस्, म प्रधानमन्त्री र राज्य व्यवस्था समितिका सभापतिसँग कुरा गर्छु, म तपाईंहरुकै पक्षमा छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना