पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीद्वारा हवाईफायर



पोखरा । कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन भन्दै पोखरा महानगरपालिका वडा नम्बर ३२ का स्थानीयले टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

कोरोनाका कारण पोखरामा मृत्यु भएका स्याङ्जा सिरुवारीका व्यक्तिको शव वडाको तल्लो गगनगौंडा क्षेत्रमा पर्ने लामतरास्थित सेती नदी किनारमा शव गाड्नका लागि डोजरले खाल्डो खन्दै गरेको स्थानीयले थाहा पाएपछि उनीहरुले उक्त घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको छ ।

आन्दोलित स्थानीयले राजमार्ग नजिकै घाटतर्फ जाने बाटो अवरोध गरी प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।आक्रोशित भीडलाई तितरबितर गर्न प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ । प्रहरीले चेकपोस्टमा ढुंगामुढा भएपछि हवाई फायर गर्नुपरेको बताएको छ । ढुंगामुढा गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूषको बुधबार राति निधन भएको थियो ।

फोटोः लेखनाथखबर डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन आयोगले मुकुल ढकाललाई दियो रास्वपाको महामन्त्री कायमै रहेको पत्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्रीमै

भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

ग्वार्को ‘फ्लाई ओभर’ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने-अब मुलुकमा कायाकल्प हुन्छ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका