‘कोरोना कहरमा प्रधानमन्त्रीलाई ५ करोड मूल्यको गाडी किन ?’



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताले सत्तारु नेकपालाई प्रशिक्षण दिएकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै रिजालले विगतमा छिमेकी राष्ट्रसँगको विशिष्ट र कुटनीतिक सम्बन्धमा संवेदनशील हुन नसक्दा दुवैतर्फका नेता र दलहरु आलोचित हुन पुगेको भन्दै सत्तारुढ दलको ध्यानाकर्षण गराए ।

पछिल्लो समय चिनियाँ कम्युनिष्ट नेताहरु नेपालका सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु अपाच्य रहेको बताए ।

उनले प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको गाडी खरिद प्रक्रियाका सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेका छन् । रिजालले भने, ‘प्रधानमन्त्रीका लागि फोरजी सर्भेलेन्स सहितको ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया कोरोनाको कहरमा फागुन देखि रोकिएको थियो । असार ३ देखि नेपाल प्रहरीले यो प्रक्रिया अघि बढायो भन्ने खबर एक राष्ट्रिय दैनिकमा आयो । माननीय गृहमन्त्री के यो साचो हो ? हो भने कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाईएला भन्ने डरले उल्फाको धन झैं फजुल खर्च गर्न सरकारी तयारी हो यो । जवाफ पाउँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई