बेसारको बारेमा बोल्दा वास्तविकता नबुझेर मजाक गरियोः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत् खण्ड आयुर्वेद र योगको उद्गम तथा विकासस्थल रहेको बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा “राष्ट्रिय योग अभ्यासक्रमको बालुवाटारस्थित एक्सन रूमबाट विमोचन गर्दै प्रधानमन्त्रीले व्यायाम, प्रणायाम र ध्यानको संयोजन नै पूर्ण योग रहेको बताएका छन् ।

रोगको उपचारभन्दा पहिले निरोगी नेपालको स्वास्थ्य नीति अवलम्बन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार क्रियाशील रहेको उनले बताए । नेपालीहरूका भान्छामा अनेक औषधीय तत्वको प्रयोग गर्ने क्रम हजारौं बर्षदेखिको उपयोग र अनुभवमा आधारित रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

उनले बेसारको उपयोगिताको चर्चा गर्दा मजाक उडाउने, अदुवाको मजाक उडाउने र यस्ता अन्य औषधीय चिजहरूको मजाक उडाउनेहरूलाई लक्षित गर्दै सुझाव दिँदै भने, ‘आफ्नो भान्छामा केके चिज प्रयोग हुन् ? ती किन प्रयोग गरिन्छ ?’ वास्तविकता बुझेर मात्र आलोचना गर्न वा मजाक उडाउन ध्यान दिनुपर्ने समेत उनले औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।