क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको दुई साताभित्र कोरोना परीक्षण सम्पन्न गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले मुलुकभर रहेका क्वारेन्टाइनको सुधार गर्दै यसको नियमित अनुगमन गर्ने निर्णय गरेको छ । क्वारेन्टाइनको अवस्थाका बारेमा टिकाटिप्पणी हुन थालेपछि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटि(सीसीएमसी)ले क्वारेन्टाइनको अवस्था सुधार गर्दै प्रदेश सरकारले यसको नियमति अनुगमन र सहजीकरण गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको सीसीएमसी बैठकले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको दुई साता भित्र कोरोना परीक्षण सम्पन्न गर्ने निर्णय पनि गरेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मुलुकभर आइसोलेनको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले पीसीआर परीक्षणको क्षमता बढाउने निर्णय पनि गरेको छ । त्यस्तै विदेशमा रहेका नेपाली श्रमिकहरुलाई स्वदेश फर्कन सम्बन्धित देश र सम्बन्धित कम्पनीले खर्च नबेहोरेको खण्डमा अप्ठेरोमा परेका श्रमिहरुलाई उद्दार गर्ने जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ ।

त्यस्तै विदेशबाट आएको शव व्यवस्थापनको जिम्मा श्रम मन्त्रालयलाई दिने निर्णय पनि भएको मन्त्री ज्ञवालीले बताए । बैठकले कोरोना संक्रमणबाट जोखिममा रहेका नेपाली नागरिको स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्राललाई निर्देशन दिएको छ भने संक्रमणको जोमिख हेरेर सम्बन्धित नगर वा पालीकालाइ सिल गर्ने अख्तियारी प्रदेश सरकारलाई दिइएको मन्त्री ज्ञवालीले जानकारी दिए । यसका लागि सीसीएमसीलाई जानकारी गराउनुपर्ने उनले बताए ।

त्यस्तै बैठकले बैदेशिक रोजगारबाट बिदामा नेपाल आएका र नयाँ रोजगारीका लागि बिदेश जाने नागरिकका लागि श्रम मन्त्रालय र विद्यार्थीको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा पठाउन सकिने निर्णय भएको छ । त्यस्तै नयाँ क्वारेन्टाइन निर्माणका लागि केन्द्रीय कोषबाट ३५ करोड प्रदेश सरकारमार्फत सम्बन्धित पालिकालाई दिने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन आयोगले मुकुल ढकाललाई दियो रास्वपाको महामन्त्री कायमै रहेको पत्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्रीमै

भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

ग्वार्को ‘फ्लाई ओभर’ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने-अब मुलुकमा कायाकल्प हुन्छ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका