बेसारले ल्याएको विवाद: प्रधानमन्त्री सही कि गलत ?



काठमाडौं । लडकाउन सुरु गरेको केही दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग घण्टौं भिडियो कन्फरेन्समार्फत कोरोना महामारी नियन्त्रणका बारेमा छलफल गरे । प्रधानमन्त्रीले त्यहाँ कोरोना नियन्त्रणका लागि चाल्नुपर्ने कदम, रणनीति लगायकाबारेमा मात्रै कुरा गरेनन्, उनले तातोपानीले पखाल्नुपर्छ, छालामा भएको बोसिय तत्व पोष्टिय तत्व तातोपानीले पखाल्यो भने एक लेयर जान्छ र कोरोना निको हुन्छ भने ।

त्यस्तै उनले भाइरस निर्जीव भएको समेत बताए । प्रधानमन्त्रीले बोलेको भिडियो नै बाहिरिएपछि त्यसका बारेमा प्रधानमन्त्रीको धेरै आलोचना भयो । ओली त केवल प्रधानमन्त्री हुन् र कुनै विषय विशेषज्ञ त होइनन् । त्यसपछि प्रधानमन्त्रीलाई सामाजिक संजालमार्फत चिकित्सकहरुले पनि यस्ता बारेमा नबोल्न सुझाव दिएका थिए । किनकी प्रधानमन्त्रीलाई सबै कुरा थाहा हुन्छ भन्ने हुन्न र थाहा हुँदैन पनि । तर उनले कसैको सुझाव मनन् गरेनन् । केही दिनअघि प्रतिनिधिसभाको बैठकमा बजेटका बारेमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित भएका थिए ।

कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीलाई प्रश्न सोधे,‘प्रधानमन्त्रीज्यू कसले भन्यो हामीहरुको रोग प्रतिरक्षा शक्ति बढी भएका कारण कोरोनाका कारण धेरै नेपालीको ज्यान गएको छैन भनेर, जथाभावी बोल्ने ? जवाफमा प्रधानमन्त्रीले भने सुन्नु भएन अघि मैले भनेको । त्यसदिन पनि प्रधानमन्त्रीले ठूलै विज्ञको झैं सांसदहरुलाई कोरोनाको पाठ पढाए । यतिमा पनि प्रधानमन्त्री रोकिएनन् । प्रधानमन्त्री यस्ता कुरा बोल्न झनै हौसिदै गएका छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले कोरोना भनेको रुघाखोकी जस्तै हो, लाग्यो भने, हाच्छिउँ गरेर भगाइदिनुपर्छ भने । बैठकमा प्रधानमन्त्रीले बेसार खानेदेखि तातोपानी खाने लगायतका दर्जनौं टिप्स दिएका छन् ।

तर प्रधानमन्त्रीको यो भनाईको सामाजिक संजालमा विरोध भएको छ । चिकित्सकदेखि लव्धप्रतिष्ठित व्यक्तिले समेत प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीट गरेका छन्, ‘देशको प्रमले पटकपटक यस्ता वेसुरका कुरा गर्दा हामी सुनेर बस्छौं वा प्रतिवाद गर्न डराउँछौं भने गरीबी, धामीझाँक्री र अन्धविश्वासको दुष्चक्रमा परेका जनताले किन उनलाई साँच्चैको डाक्टर वा अलौकिक पात्र नमानून् ? अब सबैले साहस बटुलेर भन्नैपर्छ प्रमको स्वास्थ्य ठीक छैनः छिटो विदा दिनैपर्छ !’

डा. सुधांसु केसीले लेखेका छन्, ‘बेसार खाएर जण्डिस हुने भए, बढ्ने भए जिन्दगी भरी हरियो घाँस खाने भैंसी कालो नभएर हरियो हुन्थ्यो होला !’ केसीले प्रधानमन्त्री ओलीलाई जन्डिसको संक्रमण हुँदा बेसार खान नहुने कुन पुस्तकमा लेखेको छ भन्दै प्रश्न गरेका छन् । ‘यसरी गलत सूचना जनतालाई दिन हुन्न प्रधानमन्त्रीज्यू । कुन किताबमा लेखेको छ जण्डिसमा बेसार खान हुन्न भनेर ? इनफ इज इनफ ।’

लेखक खगेन्द्र संग्रौलाले लेखेका छन्, ‘खड्गप्रसाद शर्मा ओली कतिसाह्रो विद् ! कोरोनाविद् यिनै, करणीविद् यिनै,जलवायुविद् यिनै,ग्रहदशाविद् यिनै,उखानटुक्काविद् यिनै,काव्यविद् यिनै,जडिबुटीविद् यिनै,हावाविद् यिनै । अतिविद् ओली सर युगान्तकारी टपर्टुइयाँ हुन् । जब यो युग तुरिन्छ, दुनियाँले यस्तो अर्काे ओली झेल्नुपर्नेछैन ।’

डा. रामेश कोइरालाले ट्विटरमा लेखेका छन्, ‘जसले दैनिक दशथरी दबाइ खानुपर्छ अनि रुघा लाग्दा पनि कमजोर रोगप्रतिरोधात्मक शक्तिका कारण न्युमोनिया (निमोनिया) नै हुनसक्छ भनेर तुरुन्तै अस्पताल दौडिनुपर्छ, उसैले दैनिक कसरी इम्युनिटी बलियो बनाउने भन्दै लसुन बेसारबारे प्रवचन दिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका