प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताएको दाबी गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएपनि ती सबै कोरोना संक्रमणबाट मृत्यु नभएको दाबी गरेका हुन् ।

उनले अरु रोगले मृत्यु भएपनि विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण सबैको मृत्यु कोरोनाका कारण भएको मान्नुपर्ने बताए । उनले पछिल्लो समय भारतबाट अत्यधिक मान्छे नेपाल आएकाले कोरोनाको संक्रमण वृद्धि भएको भन्दै सरकारले कोरोना भाइरसको परीक्षण बढाउने तयारी गरिरहेको जानकारी दिए ।

उनले बाहिरबाट भन्न सजिलो भएपनि लाखौंको परीक्षण र क्वारेन्टाइन व्यवस्थापन गर्न गाह्रो रहेको बताए । उनले स्थानीय तहहरूले प्रभावकारी काम गरेको भन्दै यहीबेला खर्चको हिसाव किताव खोजिएको भन्दै आपत्ति जनाए ।

प्रधानमन्त्रीले नेपाल भिखारीहरुको देश नभएको बताए  ।  आफ्नो सरकार बनेपछि नेपालमा कसैले मागेर खानु नपरेको दाबी गरे। ‘माननीयज्यूहरुले गर्वले भन्नुभए हुन्छ, नेपाल भिखमंगाहरुको देश होइन । यहाँ बाँच्नकै लागि कसैले सडकमा याचना गर्नुपर्दैन । खानेके लिए कुछ देदो भन्नुपर्दैन ।’, प्रधानमन्त्री ओलीले भने । सरकारले गरेका राम्रा कामहरुको प्रचार नभएको भन्दै ओलीले १० अर्बको हिसाब माग्नेहरु सरकार विरोधी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा

न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ