संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित



काठमाडौँ । नेपालको अध्यावधिक नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथि मतविभाजन गर्दा उपस्थित सांसदहरू सबैले पक्षमा मतदान गरेका थिए ।

राष्ट्रिय सभाका ५७ सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए । उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले राष्ट्रिय सभाबाट पारित गरियोस् भनेर प्रस्तुत गरेकी थिइन् ।

राष्ट्रिय सभाबाट पारित भएको सूचना प्रतिनिधि सभालाई दिइनेछ । राष्ट्रिय सभाको उक्त सूचना प्रनिधिसभामा सुनाएर सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नेछन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेपालको निसान छापमा अद्यावधिक नक्सा समेटिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई