अर्घाखाँची र सुर्खेतमा आत्महत्या गरेका दुवैमा कोरोना सङ्क्रमण पुष्टि



सुर्खेत । सुर्खेतमा आत्महत्या गरेकी एक युवतीको कोरोना पोजिटिभ रिपोर्ट आएको छ । भारतबाट आएकी सिम्ता गाउँपालिका वडा नं ८ की २५ वर्षीया युवतीले आत्महत्या गरेकी थिइन् । भारतबाट श्रीमानसहित जेठ १२ गते आएर चौध दिनसम्म क्वारेन्टाइनमा बसेपछि आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर फिर्ता भएकी थिइन् ।

जेठ ३० गते घरबाट हराएको र असार १ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । पोष्टमार्टम गर्न मेहेलकुना अस्पताल ल्याएपछि डाक्टरहरूले मृतक क्वारेन्टाइनमा बसेकाले कोरोना परीक्षण गर्नुपर्ने भनेपछि स्वाब सङ्कलन गरिएको थियो । बुधबार मृतकको रिपोर्टमा कोरोना पोजिटिभ आएको छ । शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले मृतक घर गएकाले मृत्तकसँग सम्पर्कमा रहेकाको खोजी कार्य भएको र कोरोना परीक्षण गरिने बताए ।

यस्तै, अर्घाखाँचीको शीतगङ्गाको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगङ्गा नगरपालिका ५,गल्दाका ४५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए ।

आरडीटी परीक्षणमा पोजिटिभ देखिएका उनले गएराति क्वारेन्टाइननजिकको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । कार्यविधि अनुसार मृतकको शव व्यवस्थापन भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

काठमाडौं । पाकस्तानी खुफिया एजेन्सी आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

सुनुवाइ नसकिएपछि रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको

द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आयोगको  आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन

जापानी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट, भयो यी विषयमा कुराकानी

काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा र जापानका विदेशमन्त्री इवाया