डिल्लीबजार मालपोत कार्यालयका ६ जना कर्मचारी घुस लिँदै गर्दा पक्राउ
काठमाडौं । डिल्ली बजार मालपोत कार्यालयका ६ जना कर्मचारी साढे ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले एकजना मालपोत अधिकृतसहित ६ जना कर्मचारीलाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा एक अधिकृत, तीनजना नायव सुब्बा र एक खरिदार छन् । उनीहरुले जग्गाको कित्ता काटका लागि उक्त घुस लिएको खुलेको छ ।