म्याच फिक्सिङको अभियोग लागेका खेलाडीहरुलाई सर्वोच्च अदालतद्वारा सफाई



काठमाडौं । सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सफाइ दिएको छ । न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले विशेष अदालतले २०७५ जेठमा सफाइ दिने फैसलालाई मंगलबार सदर गरेको हो ।

इजलासले पूर्वकप्तान सागर थापा र खेलाडीहरू सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री, प्रशिक्षक अन्जन केसी र चिकित्सक डेजिव थापालाई विशेष अदालतको फैसला सदरगर्दै सफाई दिएको हो । विशेष अदालतले २४ जेठ २०७५ मा उनीहरुलाई निर्दोष ठहरगर्दै फैसला गरेको थियो । जसका बिरुद्ध सरकारी वकिल कार्यालय काठमाडौं सर्वोच्च अदालत गएको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाममा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा

इलाम । शनिबार हुने इलाम २ को उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन अन्तिम

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने

राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका