सरकारको अकर्मण्यताका कारण कोरोना संक्रमण बढेको कांग्रेसको आरोप



काठमाडौं । नेपाली कांग्रेसले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा काम गर्न नसकेको आरोप लगाएको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गरी कोरोना नियन्त्रणमा लिएको नीति असफल भएको बताएका हुन् ।

उनले आरडिटी परीक्षण बन्द गरी पीसीआर परीक्षणलाई व्यापक रुपमा विस्तार गर्न, पीसीआर परीक्षण नगरी क्वारेन्टाइनबाट घर नपठाउन, असुरक्षित क्वारेन्टाइनहरु बन्द गरी सुरक्षित र मापदण्ड अनुकूलको क्वारेन्टाइनहरुको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यस्तै कांग्रेसले जनतलाई विशेष राहत प्याकेजको व्यवस्था गर्न, विदेशबाट फर्कन चाहने नेपालीहरुलाई विना भेदभाव न्यूनतम भाडा दरमा फर्कने व्यवस्था गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

काठमाडौं । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम

परराष्ट्रमन्त्रीको शपथ बदरको माग गर्दै सर्वोच्च रिट दर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा

ठगी मुद्दामा कानून व्यवसायी नै पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ

ढकाललाई नेपाली साहित्यमा विद्यावारिधि

काठमाडौँ । खाने मुखलाई जुँगाले छेक्दैन, प्रगति गर्ने मान्छेलाई वाधा व्यवधानले कहिल्यै रोक्दैन