आइतबार नेकपाको सचिवालय बैठक बस्ने



काठमाडौं । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले सचिवालय बैठक बोलाएको छ । बैठक आइतबार अपरान्ह ४ बजेलाई बोलाइएको हो । यसअघि जेठ २७ बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताको कारण देखाउँदै स्थगित गरिएको थियो ।

अध्ययन कार्यदलको सिफारिसविपरीत अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि पार्टीभित्र व्यापक विवाद भएपछि सचिवालय बैठक बोलाइएको थियो । एमसीसीलाई लिएर विवाद बढेपछि जेठ १७ गते पनि सचिवालय बैठक बसेको थियो ।

उक्त बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गरेपछि एमसीसीबारे ठोस निर्णय गर्ने सहमति भएको थियो । प्रधानमन्त्री ओली भने संसद्को यही अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा छन् । तर, सचिवालयका अन्य बहुमत सदस्य भने यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन(फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । २०७२

गण्डकी र लुम्बिनी प्रदेशमा गरी थप चार जना कोरोना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको बुधबार बिहान मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणबाट म्याग्दीमा थप एक जनाको मृत्यु

म्याग्दी । म्याग्दीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरा

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको