संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित



काठमाडौं । नेपालको संविधान (दोस्रो) संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट दुईतिहाई भन्दा बढी मतले पारित गरेको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान (दोस्रो) संशोधन विधेयक २०७७ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

नयाँ नक्सालाई संविधानमा रहेको निशान छापमा समेट्ने संविधान संशोधन विधेयक पारितका लागि भएको मतबिभाजनमा उपस्थित २५८ जनामध्ये पक्षमा २५८ र विपक्षमा मत नै परेन । २५८ जनाले नै पक्षमा मतदान गरेकाले संविधान प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित भएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी पार्टी, नेमकिपा र राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको पक्षमा मतदान गरेका हुन् । नयाँ नक्सा जारी भएसँगै संविधानको अनुसूची ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सा अद्यावधिक भएकाले संविधान संशोधन गरिएको हो । ७ जेठको मन्त्रिपरिषदले पारित गरेको नेपालको नयाँ नक्सा ९ जेठमा सार्वजनिक गरिएको थियो । नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जना दोलखा भीमेश्वरका

चौतारा । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट