राष्ट्रियताको सवालमा राजनीतिक दल र सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश दिन प्रदर्शन रोक्न साझा पार्टीको आह्वान



काठमाडौं । साझा पार्टीले केही दिनदेखि देशभर भइरहेको युवाहरुको प्रदर्शन केही दिन रोक्न आग्रह गरेको छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले शनिबार बिहान विज्ञप्ति जारी गरी आज प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन गर्न लागेकाले प्रदर्शन रोक्न आग्रह गरेका हुन् ।

विज्ञप्तिीमा भनिएको छ, ‘साझा पार्टी सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संसोधन गर्ने संसदको ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसदभित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न हार्दिक आह्वान गर्दछ।’

प्रेस विज्ञप्ति: 

पछिल्ला केही दिनयता देशका विभिन्न भागमा जारी प्रदर्शनलाई सम्बाेधन गर्दै सरकारले हिजो शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा साझा पार्टीको ध्यानाकर्षण भएको छ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक गर्ने, महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने, पिसिआर टेस्टको दायरा थप बढाउने भनी सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई साझा पार्टी शंकाको सुविधासहित स्वागत गर्दछ।

साझा पार्टीले प्रेस विज्ञप्तिमार्फत नागरिक प्रदर्शनमा उठेका जायज मागहरू पुरा गर्ने प्रतिबद्धता तत्काल जनाउँदै संक्रमण फैलने जोखिमका कारण प्रदर्शन स्थगनको अपील गर्न सरकारसँग आह्वान गरेको थियो। सरकारले त्यसै गरेको छ। तर विगतमा कयौँ पटक गरेजस्तै आफ्ना प्रतिवद्धता भुलेर नागरिकको विश्वासमाथि फेरी पनि धोका दिने काम भए प्रदर्शन अझ सशक्त भएर जान सक्ने र त्यसकाे नतिजा गम्भीर हुनसक्नेमा पनि साझा पार्टी सरकारलाई सचेत गराउन चाहन्छ।

सरकारको सार्वजनिक प्रतिबद्धता र काेराेनाको बढ्दाे संक्रमणकाे पृष्ठभूमीमा हाल जारी प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचा अनुरूपका काम गरे नगरेको मूल्यांकन गर्न हामी आम नागरिकलाई अपील गर्दछौँ।

त्यस्तै आज प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन गरिँदै छ।

साझा पार्टी सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संसाेधन गर्ने संसदकाे ऐतिहासिक निर्णयलाई स्वागत गर्दै राष्ट्रियताको सवालमा संसदभित्र र बाहिरका दलसहित सम्पूर्ण देशवासी एक ढिक्का रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गर्न हार्दिक आह्वान गर्दछ।

शरदराज पाठक
सहप्रवक्ता, साझा पार्टी
मिति: ३१ जेठ २०७७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  मनाङ ।  विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु