‘दमन रोक, प्रदर्शनकारीका माग तुरुन्त सम्बोधन गर’



काठमाडौं । साझा पार्टीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारको अकर्मण्यता र त्यसै समयमा आएका भ्रष्टाचारका खबरहरूप्रति तीब्र असन्तुष्टि जनाउँदै देशका विभिन्न भागमा स्वस्फूर्तरूपमा भइरहेका विरोध प्रदर्शनका जायज मागहरूप्रति ऐक्यबद्धता जाहेर गरेको छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति जारी गरी आन्दोलनप्रति ऐक्वयद्धता जनाउँदै उनीहरुका मागको सम्बोधन गर्न सरकारलाई आग्रह गरेका हुन् ।

‘सम्पूर्ण नेपालीको त्यो आवाजलाई बेवास्ता गरेर सरकारले अझ धम्कीको भाषामा जरिवाना र जेलको चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि दमनको रणनीति अख्तियार गर्नु अत्यन्तै खेदजनक विषय हो। साझा पार्टी सरकारलाई सडक प्रदर्शनका जायज माग सम्बोधन गर्ने विश्वसनीय प्रतिवद्धता जनाउँदै संक्रमण फैलावटको जोखिमलाई ध्यानमा राखी प्रदर्शन स्थगनका लागि अपील गर्न आग्रह गर्दछ।’

विज्ञप्तिमा भनिएको छ । साझा पार्टीले गत चैत १५ गते साझा पार्टीले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा सुझाए अनुसार वर्तमान संकटले विविध क्षेत्रमा पारेको तात्कालिक र दीर्घकालिक असरहरूसँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गरेर अघि बढ्न पनि सरकारलाई आग्रह गरेको छ ।

प्रेस विज्ञप्ति

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारको अकर्मण्यता र त्यसै समयमा आएका भ्रष्टाचारका खबरहरूप्रति तीब्र असन्तुष्टि जनाउँदै देशका विभिन्न भागमा स्वस्फूर्तरूपमा भइरहेका विरोध प्रदर्शनका जायज मागहरूप्रति साझा पार्टी पूर्ण ऐक्यबद्धता जाहेर गर्दछ।

कोरोनासँग जुध्ने तयारीका लागि अन्य मुलुकका तुलनामा हामीसँग पर्याप्त समय थियो। तर सो समय सरकारले मूलत: फोहोरी राजनीतिक खेल तथा आफ्नो अक्षमता, गैह्रजिम्मेवारी तथा भ्रष्टाचार छोप्न लगातार झण्डै तीन महिना देशव्यापी लकडाउन गरेर बितायो। लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने लाखौँ नागरिकको जीवन अत्यन्त कष्टकरमात्र भएन, उद्योग-व्यावसाय, कृषि, पर्यटन, शिक्षा जस्ता क्षेत्र धराशायी नै हुने अवस्था सृजना भयो। विदेशमा लाखौँ नेपाली अलपत्र परेका छन्।

अति भएपछि नागरिकहरू देशभरी सडकमा उत्रिएका छन्। नागरिक प्रदर्शनमा मूलत: कोरोना रोकथाममा खर्च भएको भनिएको १० अर्ब रूपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने, विश्वसनीय नतिजा नदिने आरडिटी परिक्षण बन्द गरी विश्वसनीय मानिने पीसीआर परिक्षणको दायरा बढाउनुपर्ने, क्वारेण्टिन स्थलहरूको गतिलो व्यवस्थापन तथा अनियमिताको छानिवन गर्नुपर्ने माग गरिएको छ, जुन सम्पूर्ण नेपालीको माग हो।

सम्पूर्ण नेपालीको त्यो आवाजलाई बेवास्ता गरेर सरकारले अझ धम्कीको भाषामा जरिवाना र जेलको चेतावनी दिँदै शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि दमनको रणनीति अख्तियार गर्नु अत्यन्तै खेदजनक विषय हो। साझा पार्टी सरकारलाई सडक प्रदर्शनका जायज माग सम्बाेधन गर्ने विश्वसनीय प्रतिवद्धता जनाउँदै संक्रमण फैलावटको जोखिमलाई ध्यानमा राखी प्रदर्शन स्थगनका लागि अपील गर्न आग्रह गर्दछ।

अन्त्यमा, गत चैत १५ गते साझा पार्टीले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा सुझाए अनुसार वर्तमान संकटले विविध क्षेत्रमा पारेको तात्कालिक र दीर्घकालिक असरहरूसँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गरेर अघि बढ्न हामी पुन: अनुरोध गर्दछौँ।

शरदराज पाठक

सहप्रवक्ता, साझा पार्टी

मिति: ३० जेठ २०७७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार अधिवक्ता नारायण खनाललाई तत्कालका

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका

कतारका अमिर नेपालमा ऊर्जा, यातायात र कृषि क्षेत्रमा सहकार्य गर्न सकारात्मक

काठमाडौँ ।  नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि