सरकारविरुद्ध बालुवाटार क्षेत्रमा प्रदर्शन, प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार



काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको काम चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा धर्ना दिन पुगेकाहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको छ ।

उनीहरुलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्याँससमेत प्रहार गरेको हो । मंगलबार र बुधबार भएका प्रदर्शनमा प्रहरीले पानीको फोहोरा मात्रै हानेको थियो ।

तर बिहीबारको प्रदर्शनमा प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको थियो । कोरोना संक्रमणले स्थिति भयावह बन्दै जाँदा पनि सरकार सुतेको आरोप लगाउँदै सामाजिक सञ्जालबाट जुटेका युवाहरु बालुवाटारमा धर्ना दिन पुगेका थिए । उनीहरुले सरकार ब्यूँझाउन भन्दै शान्तिपूर्ण धर्नाका लागि आह्वान गरेका थिए । उनीहरुले पीसआर परीक्षण बढाउनुपर्ने, कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका