सीमा क्षेत्रमा सामान्य अवस्थामा हतियारसहित सेना पठाउने चलन कहीं छैनः रक्षामन्त्री



काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको निर्णयअनुसार नेपाली सेना विकास निर्माणको काममा संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा मंगलबार उनले विकास निर्माणको काममा सेनाको संलग्नतालाई नेपाली सेनाको रुचि वा विशेष क्षेत्राधिकारको विस्तार नठानेर नेपाल सरकारले गरेको निर्णयविशेषको कार्यान्वयनका रूपमा बुझ्न आग्रह आग्रह गरेका हुन् ।

नेपाली सेनालाई विपतको वेलामा प्रभावकारी तवरले उद्धार कार्य गर्न सक्ने गरी आवश्यक उपकरण र सामग्रीद्वारा क्रमशः थप सुसज्जित तुल्याउँदै जाने नेपाल सरकारको नीति रहेको उनले बताए । नेपाली सेनाको विकास निर्माणमा संलग्नताको ६ दशक लामो इतिहास रहेकोसमेत उनले बताए ।

पोख्रेलले अन्तर्राष्ट्रिय सीमाहरूमा सामान्य अवस्थामा भौतिक रूपमा हतियारसहित सेना पठाइने चलन नरहेको पनि जानकारी दिए । केही सांसदहरूले भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा सेना परिचालन गर्नुपर्ने बताएका थिए ।

सिमानामा युद्ध, आक्रमण भए राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिबाट सेना परिचालन हुने संवैधानिक व्यवस्था रहेको पनि उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई