संसदमा आजदेखि संविधान संशोधन विधेयकमाथि छलफल हुने



काठमाडौं । प्रतिनिधिसभामा आजदेखि संविधान संशोधन विधेयकमाथि छलफल हुने भएको छ । आजको बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको हो ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने कार्यसूची रहेको छ । सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको सात दिनपछि विधेयक छलफलका लागि संसदमा प्रस्तुत गर्न सकिने प्रावधानअनुसार विधेयकलाई अगाडी बढाउन लागिएको हो ।

संघीय संसद सचिवालयले गत जेठ १९ गते राजपत्र र २० गते सर्वसाधारणको जानकारीका लागि संविधान संशोधन विधेयक सार्वजनिक गरेको थियो । उक्त सात दिन सोमबार पूरा भएसँगै सरकारले संशोधन विधेयक अघि बढाउन चाहेको हो । सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जेठ ७ गते अद्यावधिक गरेको थियो ।

निशान छापमा प्रयोग भएको देशको नक्सा नै त्रुटीपूर्ण रहेपछि सरकारले संविधान संशोधन विधेयक जेठ ९ गते दर्ता गरेको हो । विधेयक जेठ १९ गते सदनमा प्रस्तुत भएको थियो । आज संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएमा सांसदहरुलाई संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीमा असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका सात जना सार्वजनिक

धनगढी । कैलालीको धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या आरोपमा पक्राउ

महामारी नियन्त्रण गर्न निरन्तर समन्वयका साथ पूर्वतयारीमा जुट्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो

कोरोना नियन्त्रणका लागि सरकारले गरेका निर्णय संविधान र अदालतको फैसला विपरीत नभएको स्वास्थ्यमन्त्रीको दाबी

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले

चोरीका ४ थान मोटरसाईकलसहित तीन जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले